चीन ‘जटिल गुप्तचर चिन्ता’ : न्यूजिल्याण्ड « Khabarhub

चीन ‘जटिल गुप्तचर चिन्ता’ : न्यूजिल्याण्ड


३० भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यूजिल्याण्डले चीनलाई ‘जटिल गुप्तचर चिन्ता’को संज्ञा दिएको छ । त्यहाँको सुरक्षा गुप्तचर सेवाले सार्वजनिक गरेको प्रतिवेदनमा चीनलाई यस्तो संज्ञा दिइएकोहो ।

उक्त प्रतिवेदनमा न्यूजिल्याण्डमा धेरै मुलुकहरुले गलत गतिविधि गरिरहेको भए पनि चिनियाँ गतिविधि भने ‘जटिल र भ्रामक’ रहेको जनाइएको छ । प्रतिवेदनमा केही अनुदार मुलुकहरु आफ्नो स्वार्थ पूरा गर्न वैदेशिक हस्तक्षेपमा लागेको प्रतिवेदनमा उल्लेख छ ।

हालै मात्रै न्यूजिल्याण्डमा क्रिस्टोफर लक्सन नेतृत्वमा मध्य दक्षिणपन्थी सरकार गठन भएसँगै त्यहाँको गुप्तचर सेवाले यस्तो प्रतिवेदन जारी गरेको हो ।

यसअघि गत मार्च महिनामा न्यूजिल्याण्डले सन् २०२१ मा सरकारी कम्प्युटर प्रणालीमा भएको साइबर आक्रमणमा चिनियाँ राज्य समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो । यसबारे चीनले भने न्यूजिल्याण्ड अमेरिकाको कठपुतली बनेको प्रतिक्रिया दिएको थियो ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ३ : २७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको