मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु « Khabarhub

मध्यपूर्व अपडेट : गाजामा २९ र लेबनानमा २१ जनाको मृत्यु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लेबनान – इजरायली सेनाले गाजामा गरेको आक्रमणमा २९ जनाको ज्यान गएको छ। जाबलिया शरणार्थी शिविरको छेवैमा रहेको एक घरमा इजरायली सेनाले बिछ्याएको विस्फोटक पदार्थका कारण उनीहरूको मृत्यु भएको हो। अहिले चार लाख प्यालेस्टाइनी इजरायली सेनाको ट्यापमा परेका छन्।

लेबनानमा युनिफलको प्रतिनिधित्व गर्ने राष्ट्र सङ्घीय ‘पिस किपर’ले त्यस स्थान नछाड्ने जनाएका छन्। इजरायली आक्रमणमा परी पिसकिपर घाइते भएपछि प्रमुख जिया पियरे ल्याक्रोक्सले सो कुरा जनाएका हुन्।

युद्धले धेरैको ज्यान लिनेक्रम अझै जारी छ। उत्तरी लेबनानमा सोमबार भएको इजरायली आक्रमणमा परी २१ जनाको ज्यान गएको छ। आक्रमणमा अटेउमा रहेको घरमा विस्फोट नभएको थियो। त्यस घरमा युद्धकै कारण विस्थापितको बसोबास छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह नाश नभएपछिसम्म आक्रमण जारी राख्ने जनाएको छ।

पछिल्लो साता इजरायलको आक्रमण सबै भन्दा धेरै पूर्वको बेक्का उपत्यका र दक्षिणको सीमा भइरहेको हो। यी दुवै स्थान हिजबुल्लाहको प्रभाव क्षेत्र मानिन्छ। सोमबार भएको आक्रमण अघि कुनै चेतावनी युक्त साइरन बजेको थिएन।

गाजा र लेबनानमा भइरहेको यो आक्रमणको विरुद्धमा प्यालेस्टाइनीको पक्षमा क्युबाको राष्ट्रपति माइगल डियुज क्यानलकै नेतृत्वमा एकबद्धता जनाइएको छ। हवानामा एक हजार भन्दा बढी उपस्थित भएर प्यालेस्टाइनको पक्षमा एकबद्धता जनाएका हुन्।

अमेरिकाका न्यूयोर्क स्टक एक्सचेन्जको अगाडि धेरै जना गिरफ्तार समेत भएका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार