कुश्मामा पर्यटकको घुइँचो, होटलहरू भरिभराउ « Khabarhub

कुश्मामा पर्यटकको घुइँचो, होटलहरू भरिभराउ


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ । यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुङ्गेपुलले आन्तरिक पर्यटक आकर्षित गरेको हो ।

हिउँदयाम सुरु भएसँगै अहिले पर्वत सदरमुकाममा दैनिक एक हजार बढी सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । बिस्तारै कुश्माका पर्यटकीयस्थलमा बाह्य पर्यटक पनि आउन थालेको स्थानीय होटल व्यवसायी सुरेश केसीले जानकारी दिए। पर्यटकको आगमनले कुश्मा बजारका होटलहरू भरिभराउ छन् । 

कुश्मामा सुविधासम्पन्न होटल थपिएका छन् । मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलपहल बढ्न थालेको पर्यटन व्यावसायी कृष्णप्रसाद श्रेष्ठले बताए। मुस्ताङ जाने पर्यटकहरू जाने र फर्किने बेलामा बास बस्न यहाँ आउने गरेको श्रेष्ठको भनाइ छ । 

उनका अनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ धेरै आउने गरेका छन् । 

बञ्जी जम्पजिपलाइनमा समेत एक साता अघिदेखि ‘टिकट बुकिङ’ भएको सञ्चालकको भनाइ छ । अन्य दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने गरेकामा दसैँमा धेरै दिन बिदा हुने भएकाले भीडभाड भएको द एडभेञ्चर रिसोर्टका सञ्चालक सुनिलसिंह बाँनियाले जानकारी दिए। 

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए। दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्विङ गर्ने गरेको, त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ र साइक्लिङ गर्ने गरेको उनले जानकारी दिए।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १२ : १९ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक