भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा « Khabarhub

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तानमा


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान पुगेका छन् ।

शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन विदेशमन्त्री जयशंकर केहीबेरअघि पाकिस्तानको इस्लामावाद पुगेको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ ।

जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।

दुई देशबीचको सम्बन्धमा विगत केही वर्षदेखि देखिएको तनावका बीच भारतबाट पाकिस्तानको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । दुवै पक्षले शिखर सम्मेलनको अवसरमा जयशंकर र उनका पाकिस्तानी समकक्ष इशाक दारबीच कुनै द्विपक्षीय वार्तालाई अस्वीकार गरेका छन् ।

करिब नौ वर्षपछि भारतीय विदेशमन्त्रीले पाकिस्तान भ्रमण गरेको यो पहिलो पटक हो । कश्मीर मुद्दा र सीमापार आतंकवादलाई लिएर दुई देशबीचको सम्बन्ध अझै चिसो छ ।

२००१ को जुन १५ मा स्थापना भएको शाङ्घाई सहयोग संगठनमा १० देश स्थायी सदस्य रहेका छन् । जसमा चीन, भारत पाकिस्तान, बेलारुस, रुस, इरान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्बेकिस्तान रहेका छन् ।  

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ५ : ०३ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई