एम्बाप्पेमाथि बलात्कारको आरोप  « Khabarhub

एम्बाप्पेमाथि बलात्कारको आरोप 


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।

रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स्टकहोल्मस्थित होटलमा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको स्विडिस मिडियाले उल्लेख गरेका छन् ।

स्विडिस अभियोजकले एम्बाप्पेको नाम उल्लेख नगरी बलात्कारको उजुरी परेको र यो विषय छानबिन गर्न प्रहरीलाई जिम्मेवारी दिइएको बताएको रिपोर्टमा उल्लेख छ ।

फ्रान्सको राष्ट्रिय टिममा नपरेका एम्बाप्पे अन्तर्राष्ट्रिय ब्रेकमा निजी भ्रमणका क्रममा हालै स्विडेन पुगेका थिए । स्विडेनको मिडिया एक्सप्रेससेनले प्रमाणको रुपमा प्रहरीले कपडा बरामद गरेको र अहिलेसम्म औपचारिक रुपमा आरोप दर्ता भने नगरिएको उल्लेख छ ।

अर्कोतर्फ एम्बाप्पेले भने यस रिपोर्टलाई ‘फेकन्यूज’ भन्दै पिएसजीसँग आफ्नो विवाद बारे अदालतमा सुनुवाइको दिननै यस्तो समाचार आउनु अपेक्षा अनुसार नै भएको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीले एम्बाप्पेविरुद्ध स्वीडेनमा कुनै कानुनी उजुरी दर्ता नभएको र स्विडिस मिडियामा चलाइएको यो खबरविरुद्ध कानुनी उपचारमा जाने एम्बाप्पेले बताएको उल्लेख छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया