भारतमा आज चारवटा विमानमा बमको धम्की « Khabarhub

भारतमा आज चारवटा विमानमा बमको धम्की


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट सिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क्यानडातर्फ डाइभर्ट गरिएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत मुम्बईबाट सुरु हुने तीनवटा र दिल्लीबाट आएको एउटा उडानमा बमको धम्की दिइएको थियो । त्यस्तै लन्डनबाट दिल्लीतर्फ आउँदै गरेको विमानमा पनि बमको धम्की प्राप्त भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

त्यसपछि यात्रु र विमान चालक दलको ज्यान जोखिममा परेको थियो । धम्कीको सूचना पाएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । जयपुर-बैंगलोर एयर इन्डिया एक्सप्रेसमा बमको धम्की दिइएपछि यो विमान अयोध्यामा अवतरण गरी अनुसन्धान गरिएको थियो । 

यसबाहेक स्पाइसजेटको दरभंगा-मुम्बई उडानको सिलिगुडी-बैंगलोर उडानमा पनि बमको धम्की दिइएको थियो । सूचना प्राप्त हुँदासम्म यी दुवै विमान अवतरण भइसकेका थिए । दुवै विमानको सुरक्षा निकाय र प्रहरीले विमानस्थलमा चेकजाँच गरेका थिए ।

यसबाहेक दिल्लीबाट सिकागो गइरहेको एयर इन्डियाको विमान एआई १२७ मा पनि बमको धम्की दिइएको थियो । यो उडान शिकागोको लागि प्रस्थान गरेको थियो । सूचना पाएपछि विमानलाई क्यानडाको एकमात्र विमानस्थलतर्फ मोडिएको थियो । 

एयर इन्डियाका अनुसार विमान र यात्रुको सुरक्षा जाँच गरिएको बताइएको छ । विमानस्थलमा सुरक्षा निकायलाई सचेत गराइएको छ । कुनै पनि विमानमा बम नभेटिएको बताइएको छ ।

यस अघि सोमबार मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बमको धम्की आएको बताइएको थियो । जसलाई दिल्लीमा अवतरण गराइएको थियो । सुरक्षा जाँचका क्रममा यहाँ कुनै पनि शङ्कास्पद वस्तु फेला परेको थिएन । 

अधिकारीहरूका अनुसार पछिल्लो समय एयर इन्डिया लगायत धेरै स्थानीय एयरलाइन्सलाई बमको धम्की आइरहेको छ र ती सबै धम्की झुटो भएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेर आइरहेका यस्ता धम्कीप्रति अनुसन्धान गरिरहेको बताएको छ ।  

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : २८ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका