भारतमा आज चारवटा विमानमा बमको धम्की | Khabarhub Khabarhub

भारतमा आज चारवटा विमानमा बमको धम्की


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट सिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क्यानडातर्फ डाइभर्ट गरिएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत मुम्बईबाट सुरु हुने तीनवटा र दिल्लीबाट आएको एउटा उडानमा बमको धम्की दिइएको थियो । त्यस्तै लन्डनबाट दिल्लीतर्फ आउँदै गरेको विमानमा पनि बमको धम्की प्राप्त भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

त्यसपछि यात्रु र विमान चालक दलको ज्यान जोखिममा परेको थियो । धम्कीको सूचना पाएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । जयपुर-बैंगलोर एयर इन्डिया एक्सप्रेसमा बमको धम्की दिइएपछि यो विमान अयोध्यामा अवतरण गरी अनुसन्धान गरिएको थियो । 

यसबाहेक स्पाइसजेटको दरभंगा-मुम्बई उडानको सिलिगुडी-बैंगलोर उडानमा पनि बमको धम्की दिइएको थियो । सूचना प्राप्त हुँदासम्म यी दुवै विमान अवतरण भइसकेका थिए । दुवै विमानको सुरक्षा निकाय र प्रहरीले विमानस्थलमा चेकजाँच गरेका थिए ।

यसबाहेक दिल्लीबाट सिकागो गइरहेको एयर इन्डियाको विमान एआई १२७ मा पनि बमको धम्की दिइएको थियो । यो उडान शिकागोको लागि प्रस्थान गरेको थियो । सूचना पाएपछि विमानलाई क्यानडाको एकमात्र विमानस्थलतर्फ मोडिएको थियो । 

एयर इन्डियाका अनुसार विमान र यात्रुको सुरक्षा जाँच गरिएको बताइएको छ । विमानस्थलमा सुरक्षा निकायलाई सचेत गराइएको छ । कुनै पनि विमानमा बम नभेटिएको बताइएको छ ।

यस अघि सोमबार मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बमको धम्की आएको बताइएको थियो । जसलाई दिल्लीमा अवतरण गराइएको थियो । सुरक्षा जाँचका क्रममा यहाँ कुनै पनि शङ्कास्पद वस्तु फेला परेको थिएन । 

अधिकारीहरूका अनुसार पछिल्लो समय एयर इन्डिया लगायत धेरै स्थानीय एयरलाइन्सलाई बमको धम्की आइरहेको छ र ती सबै धम्की झुटो भएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेर आइरहेका यस्ता धम्कीप्रति अनुसन्धान गरिरहेको बताएको छ ।  

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : २८ बजे

५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ