इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु « Khabarhub

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बग्दाद – इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले गरेका हवाई आक्रमणमा एक वरिष्ठ सदस्य सहित चार इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले जनाएको छ ।

इराकी एफ–१६ जेट लडाकूहरूले राति ११ः३० बजे दुईवटा हवाई आक्रमण गरेका थिए । सोमबार बगदादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी किर्कुकको दक्षिणपूर्वमा ल्यान क्षेत्रमा रहेको आइएस लुकेको ठाउँलाई सेनाले निशाना बनाएको थियाे।

सुरक्षा बलहरूलाई मङ्गलबार बिहान बम विष्फोट भएको ठाउँमा पठाइएको थियो । यहाँ उनीहरूले चारवटा शव फेला पारेका थिए, जसमध्ये एक जना वरिष्ठ आईएस सदस्य भएको बताइएकाे छ ।

हवाई हमलामा हतियार, सञ्चार उपकरण र अन्य उपकरण पनि नष्ट भएका छन् ।सन् २०१७ मा आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा सुधार आएको छ ।

यद्यपि, आईएसका अवशेषहरू शहरी केन्द्र, मरुभूमि र असभ्य भूभागहरूमा प्रवेश गरेका र सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार छापामार आक्रमणहरू गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ८ : ३८ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२