ललितपुरमा १५ दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव « Khabarhub

ललितपुरमा १५ दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाटन । खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी सेवा सञ्चालन गर्नेगरी तीन दिनभित्र काम सुरु गरिने बताए ।

“आज हामीले खानेपानी मुहान क्षेत्रको जानकारी लियौँ । वन विभागका महानिर्देशक, केयुकेलका प्रमुख र हाम्रो मन्त्रालयका प्राविधिक समूहसँगै हामी खानेपानी मुहानमा पुग्यौँ । उहाँहरूले लागतसहितको प्रतिवेदन तयार गर्नुहुन्छ । प्रतिवेदन आएपछि तुरुन्तै काम सुरु गछौँ,” मन्त्री यादवले भने ।

बाढीबाट खानेपानी मुहानको क्षतिबारे जानकारी लिन मन्त्री यादवसहित, पूर्वअर्थराज्यमन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणा, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), वन विभाग तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरू नल्लु पुगेका थिए ।

“खानेपानी नागरिकको आधारभूत अधिकार हो । सङ्घीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनः स्थापना कार्य सुरु गर्नु होला । जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो । म व्यक्तिगतरूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिड्दिनँ,” मन्त्री यादवले भने ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : १६ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने