छाला नपाउँदा मादल बनाउन समस्या, पुर्ख्यौली पेसा संकटमा « Khabarhub

छाला नपाउँदा मादल बनाउन समस्या, पुर्ख्यौली पेसा संकटमा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए। मादल बनाउने उनको दैनिकी नै हो । 

६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन् । बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन् । 

पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर, केही समययता मादल बनाउन छाला नपाउँदा उहाँलाई समस्या हुन थालेको छ । 

‘बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ’, उनले भने, ‘अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ ।’

 नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका–९ मा गौ संरक्षण केन्द्रमा मरेका गाईका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए। 

उनले भने, ‘स्थानीयस्तरमा छाला फालिएको छ । नगरपालिकासँग आग्रह गरेको छु । निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो ।’

उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत वाद्यवादनका सामग्री बनाउँदै आएका छन् । त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ । 

उनले भने, ‘म यो पेसाबाट सन्तुष्ट नै छु । तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ ।’ पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उनको भनाइ छ । यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भने, ‘अहिलेसम्म चलेको यही पेसाबाटै हो । यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : ४८ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले