संघीय संसद्का चार समितिको बैठक बस्दै « Khabarhub

संघीय संसद्का चार समितिको बैठक बस्दै


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । त्यस्तै आजै राष्ट्रिय सभा अन्तर्गतको विधायन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दै छ ।

बिहान ११ : ३० बजे  बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिले आगामी दिनमा गर्ने स्थलगत अनुगमन बारे छलफल हुने भएको छ ।

त्यस्तै अपराह्‍न १ : १५ बजेदेखि बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने भएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि छलफल हुने भएको छ ।

त्यसैगरी दिनको एक बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ४० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर