केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त | Khabarhub Khabarhub

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले आफ्नो एक पोस्टमा यसको जानकारी दिएका हुन् । रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेका थिए । तर पछि उनले ट्रम्पलाई आफ्नो समर्थन दिएका थिए । 

उनी कोभिडका लागि प्रयोग भइरहेको खोपको विरोधीको रूपमा पनि चिनिन्छन् ।

सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ । अमेरिकी स्वास्थ्य विभागले खाद्य र औषधि प्रशासन सहित ११ एजेन्सीहरूको निरीक्षण गर्दछ ।

रोबर्ट एफ केनेडी जूनियरले आफ्नो एक पूर्व पोस्टमा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए र आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने नारा दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ९ : २५ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज