हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने  | Khabarhub Khabarhub

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको हिजो (बिहीबार) बिहान ८ बजे बसेको ६६ औँ सञ्चालक समितिको बैंठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैंकको ऋण तिर्न हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव विनय केसीले जानकारी दिए । केसीका अनुसार कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लागेको हो । आगामी साधारणसभाले पास गरेपछि हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ४१ लाख १७ हजार रुपैयाँ रहेको छ । जसमा नेपाल स्टक एक्सचेन्जमा उक्त कम्पनीको १ करोड ६ लाख ५४ हजार १७० कित्ता शेयर सूचिकृत रहेको छ । 

जसमा ३० प्रतिशत शेयर सर्वसाधरणको रहेको छ भने ७० प्रतिशत शेयर प्रवद्धको रहेको छ । बिहीबारको हिमालयनको ३८८ रुपैयाँ प्रतिकित्ता अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ११ : १४ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि