संस्कृति मन्त्रीले पार्टीमा उजुरी दिएलगत्तै अदालततिर सांसद बजगाईं « Khabarhub

संस्कृति मन्त्रीले पार्टीमा उजुरी दिएलगत्तै अदालततिर सांसद बजगाईं


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेपाली कांग्रेसमा उजुरी दिएलगत्तै सांसद राजेन्द्र बजगाईं काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

आफ्नोबारे कु-प्रचार गरेको दाबी गर्दै पाण्डेले पार्टीमा उजुरी दिएकै दिन बजगाईं भने अदालततिर पुगेका हुन् ।

उनले जिल्ला अदालत काठमाडौं परिसरको तस्बिर सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् सार्वजनिक गरेका हुन् । तर उनले अदालतमा कसकाविरुद्ध मुद्दा दिएको केही खुलाएका छैनन् ।

सांसद बजगाईंले तस्बिरसँगै लेखको छन्, ‘सेवाग्राही म जिल्ला अदालतमा । तस्बिर औंठामा लागेको कालो पोतिएको भित्तो !’

बजगाईंको अदालत यात्राबारे खबरहबले प्रश्न गरेको थियो । तर उनले केही खुलाउन चाहेनन् । ‘त्यस्तो गम्भीर कुरो केही होइन, सानोतिनो कुरा हो’, उनले भने, ‘अहिले अदालत परिसरमै छु, केही भएमा पछि खुलाउनेछु ।’

कांग्रेसका सह–महामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईंले श्रृंखलाबद्ध रुपमा आफूविरुद्ध कु-प्रचार गरेको भन्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका थिए ।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेस महासमिति सदस्य तथा गोरखा–१ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा कुप्रचार गरेका पाण्डेले उजुरीमा उल्लेख गरेका छन् ।

बजगाईंले रुपन्देहीस्थित एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेको भन्दै कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए ।

पछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरू सामाजिक सञ्जालबाट हटाएका थिए । उनले पार्टीको नेताको सल्लाहमा मन्त्री पाण्डेविरुद्ध लेखिएका पोस्टहरू मेटाएको बताएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ३३ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन