खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री « Khabarhub

खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौँ : नगरप्रमुख क्षेत्री


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी संघका पूर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने जती नदीजन्य पदार्थ निकाल्न नसकेको गुनासो गरेका छन् ।

खोला र नदीमा नदीजन्य पदार्थ थुप्रिएको र मानवीय जोखिम निम्त्याइरहेको बताउँदै नगरप्रमुख क्षेत्रीले क्रसर व्यवसायीहरूलाई राज्यलेसमेत उपेक्षा गरेको बताएका हुन् ।

शुक्रबार भएको व्यवसायी माहासंघको तेस्रो केन्द्रीय महाअधिवेशनमा बोल्दै उनले व्यवसायीहरूलाई आमरुपमा हेर्ने दृष्टिकोणसमेत साँगुरो बनेको गुनासो गरे ।

मधेश प्रदेशमा वार्षिक ११ लाख घनमिटर निकाल्नै पर्ने नेपाल सरकारको मापदण्ड नै रहेको जिकिर गर्दै नदीजन्य पदार्थ मापदण्डअनुसार निकाल्न पाउनुपर्ने माग गरे ।

व्यवसायी महासंघको दशौँ र एघारौँ साधारणसभा तथा तेस्रो केन्द्रीय महाअधिवेशन महोत्तरीको बर्दिबासमा जारी छ । यो एक मंसिरसम्म जारी रहने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ४५ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय