श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दल दुईतिहाइनजिक | Khabarhub Khabarhub

श्रीलंकामा राष्ट्रपति अनुराकुमाराको वाम दल दुईतिहाइनजिक


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाका राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको वाम दल सत्तारुढ नेशनल पिपुल्स पावर (एनपीपी) ले संसदीय निर्वाचनमा ठूलो जित निकालेको छ।

अहिलेसम्म वाम दल एनपीपीले राष्ट्रियस्तरमा ६१.५६ प्रतिशत अर्थात ६८ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

अघिल्लो निर्वाचनमा केवल तीन सिट जितेको एनपीपीले यस निर्वाचनमा अहिलेसम्म १३७ सिट जितेको मिडिया रिपोर्टमा उल्लेख छ ।

२२५ सदस्यीय श्रीलंकाको तल्लो सदनमा बहुमतका लागि ११३ सिट आवश्यक पर्दछ । यहाँ विपक्षी समगी जन बलवेगया (एसजेबी) ले ३५ सिट जितेको छ ।

पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको राष्ट्रिय लोकतान्त्रिक मोर्चा (एनडीएफ) ले केवल ४३ सिट जितेको छ ।

महिन्दा र गोतबया राजपाक्षे परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले दुई सिट जितेको छ।

सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावको तुलनामा संसदीय निर्वाचनमा एनपीपीले बढी सिट प्राप्त गरेको विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : ५१ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर