तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो « Khabarhub

तीन दिनको बयानपछि रविलाई भैरहवाबाट पोखरा फर्काइयो


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा फर्काइएको छ ।

रुपन्देहीको भैरहवामा तीन दिन लामो बयानपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई यती एयरलाइन्सको जहाजमार्फत् भैरहवाबाट पोखरा फर्काइएको हो ।

बुटवलको सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख बचत रकम अपचलन प्रकरणमा बयानका लागि उनलाई भैरहवा लगिएको थियो ।

उक्त सहकारीको १ करोड ९६ लाख रुपैयाँ सिधै रविको खातामा आएको भेटिएको थियो । त्यही क्रममा संगठित अपराधअन्तर्गतको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि थालिएको बयान बिहिबार राति सकिएको थियो । उनलाई बिहीबार नै पोखरा फर्काउने भने पनि ढिलोसम्म बयान चलेपछि सम्भव भएको थिएन ।

बयानका क्रममा प्रहरीले लामिछानेलाई मंगलबार, बुधबार र बिहीबार गरि तीन दिनमा करिब ७० वटा प्रश्नसहित बयान लिएको थियो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम पनि हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेट्वर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्यको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगि मुद्दामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्दामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया