काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु « Khabarhub

काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु

नागरिकका समस्यालाई घरमै समाधान गर्ने प्रयासमा छौँ : वडाध्यक्ष के. सी.


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ । बिहीबारबाट सुरु भएको केन्द्रमा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो एक्स-रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध छन् ।

सेवा शुभारम्भ गर्दै वडा १० का अध्यक्ष रामकुमार के. सी. ले, नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

‘आकस्मिक अवस्था आइ परेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स-रे सम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनै परे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ ।’ केसीले भने ।

त्यस क्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे ।
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक के. सीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्धन केन्द्रलाई स्वास्थ्य विमाको पहिलो सम्पर्क विन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।

अहिले तयार भएका ५ वटामध्ये वडा नं. १० को एउटा हो । यससँगै वडा नं. १६, २७, १२ र ७ का प्रवर्धन केन्द्र विमा कार्यक्रम सञ्चालन गर्न योग्य भएका छन् । वीमा वोर्डबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ ।

वडा नं. १० ले प्रवर्धन केन्द्र सञ्चालनका लागि नयाँ भवन निर्माणको कार्य थालनी गरिसकेको छ । वडा सदस्य सतिश तण्डुकार भन्छन्, ‘अहिले हामी वहालको भवनमा छौँ । आउँदो फागुनदेखि आफ्नै भवनबाट सेवा दिने तयारीमा छौँ ।’

केन्द्रमा गर्भ र सुरक्षित मातृत्वसँग सम्बन्धित समस्या, कलेजो, मिर्गौलासम्बन्धी समस्यासहितका भिडियो एक्स–रे सुविधा उपलब्ध छ । केन्द्रका इन्चार्ज छत्रबहादुर शाही भन्छन्, ‘गुणस्तरीय उपचारात्मक सेवा र प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका लागि केन्द्र प्रयत्नरत छ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ०६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला