काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु « Khabarhub

काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु

नागरिकका समस्यालाई घरमै समाधान गर्ने प्रयासमा छौँ : वडाध्यक्ष के. सी.


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य प्रवर्धन केन्द्रबाट स्वास्थ्य सेवा सुरु गरेको छ । बिहीबारबाट सुरु भएको केन्द्रमा आधारभूत स्वास्थ्य सेवासँगै भिडियो एक्स-रे, फिजियोथेरापी, प्रयोगशालासहितका सेवा निःशुल्क उपलब्ध छन् ।

सेवा शुभारम्भ गर्दै वडा १० का अध्यक्ष रामकुमार के. सी. ले, नागरिकका समस्यालाई घरमै पुगेर समाधान गर्ने प्रयासअन्तर्गत स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

‘आकस्मिक अवस्था आइ परेमा हामी नागरिकको घरमा पुगेर भिडियो एक्स-रे सम्मको सेवा दिन सक्छौँ । यसरी थालिएको सेवालाई विकास र विस्तार गर्दै लैजानेछौँ । सकेसम्म अस्पतालको सेवा लिन नपरे हुन्थ्यो । यसका लागि प्रवर्द्धनात्मक कार्यक्रम चलाएका छौँ । अस्पतालको सेवा लिनै परे सेवाचाहिँ गुणस्तरीय हुनुपर्छ । यसमा हामी सचेत छौँ ।’ केसीले भने ।

त्यस क्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले, स्वास्थ्य सेवाको विस्तारका लागि अन्तर सरकार सम्बन्धलाई विकास गर्न बाँकी रहेको उल्लेख गरे ।
महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपक के. सीका अनुसार रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर स्वास्थ्य प्रवर्धन केन्द्रलाई स्वास्थ्य विमाको पहिलो सम्पर्क विन्दुका रूपमा प्रयोगमा ल्याइसकिएको छ ।

अहिले तयार भएका ५ वटामध्ये वडा नं. १० को एउटा हो । यससँगै वडा नं. १६, २७, १२ र ७ का प्रवर्धन केन्द्र विमा कार्यक्रम सञ्चालन गर्न योग्य भएका छन् । वीमा वोर्डबाट अनुमोदन भएपछि कार्यान्वयनमा ल्याइनेछ ।

वडा नं. १० ले प्रवर्धन केन्द्र सञ्चालनका लागि नयाँ भवन निर्माणको कार्य थालनी गरिसकेको छ । वडा सदस्य सतिश तण्डुकार भन्छन्, ‘अहिले हामी वहालको भवनमा छौँ । आउँदो फागुनदेखि आफ्नै भवनबाट सेवा दिने तयारीमा छौँ ।’

केन्द्रमा गर्भ र सुरक्षित मातृत्वसँग सम्बन्धित समस्या, कलेजो, मिर्गौलासम्बन्धी समस्यासहितका भिडियो एक्स–रे सुविधा उपलब्ध छ । केन्द्रका इन्चार्ज छत्रबहादुर शाही भन्छन्, ‘गुणस्तरीय उपचारात्मक सेवा र प्रवर्द्धनात्मक स्वास्थ्य सेवाका लागि केन्द्र प्रयत्नरत छ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ०६ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित