उत्तर कोरियाले बनायो युद्धका लागि आत्मघाती ड्रोन, किमले गरे निरीक्षण « Khabarhub

उत्तर कोरियाले बनायो युद्धका लागि आत्मघाती ड्रोन, किमले गरे निरीक्षण


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरीक्षण गरेको जानकारी दिएको छ ।

एजेन्सीले जारी गरेका तस्बिरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरू फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरी बनाइएको दाबी गरिएको छ ।

यी ड्रोनहरू जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परीक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दायरालाई विश्वभर फैलाउने दाबी किमले गरेको उल्लेख छ ।

यी ड्रोनहरूलाई ट्याक गर्न मुस्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबी गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परीक्षणको समाचार बाहिर आएको छ । -न्युजकारखाना

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ५८ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा