उत्तर कोरियाले बनायो युद्धका लागि आत्मघाती ड्रोन, किमले गरे निरीक्षण | Khabarhub Khabarhub

उत्तर कोरियाले बनायो युद्धका लागि आत्मघाती ड्रोन, किमले गरे निरीक्षण


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरीक्षण गरेको जानकारी दिएको छ ।

एजेन्सीले जारी गरेका तस्बिरमा किमले ड्रोन उत्पादन स्थलको अवलोकन गरेको देख्न सकिन्छ । यी ड्रोनहरू फरक फरक दुरीमा तोकिएको स्थानमा आक्रमण गर्न सकिने गरी बनाइएको दाबी गरिएको छ ।

यी ड्रोनहरू जमिन र समुन्द्री दुवै किसिमका आक्रमणलाई ध्यानमा राखेर बनाइएको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा ठुलो र सानो साइजका दुवै किसिमको ड्रोनको सफल परीक्षण भइसकेको र यसले उत्तर कोरियाको सैनिक गतिविधिको दायरालाई विश्वभर फैलाउने दाबी किमले गरेको उल्लेख छ ।

यी ड्रोनहरूलाई ट्याक गर्न मुस्किल हुने र हानेर खसाल्न समेत नसकिने दाबी गरिएको छ । किमले अनुगमनको क्रममा ठुलो मात्रामा यी ड्रोनको उत्पादन शुरु गर्न निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हाल उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न १० हजार सेना पठाएको विषय बाहिर आएको बेला यी आत्मघाती ड्रोनको सफल परीक्षणको समाचार बाहिर आएको छ । -न्युजकारखाना

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ४ : ५८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो