वादी समुदायका घरघरमा पुगे खानेपानीका धारा « Khabarhub

वादी समुदायका घरघरमा पुगे खानेपानीका धारा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नौमूले– घरघरमा खानेपानीका धारा निर्माणसँगै दुल्लु नगरपालिका–१ का वादी समुदाय र तल्लोडुगेश्वर बजारका स्थानीयवासीले शुद्ध पिउने पानी उपभोग गर्न पाउने भएका छन् । सधैँ कर्णाली नदी र लोहोरे खोलाको दूषित पानी पिउँदै आएका उनीहरूले शुद्ध पिउने पानी पाउँदा खुसी व्यक्त गरेका छन् ।

‘अहिले घरघरमा पानी आयो, बल्ल सफा पानी पिउन पायौँ । नभए हाम्रो अवस्था फेद्उनो कर्णाली बग्दो रैगो पानी तिर्खा भन्ने देउडागीत जस्तै थियो’, दुल्लु नगरपालिका–१ की ९० वर्षीया इन्द्रसरा वादीले भनिन्  ।

धारा नहुँदा खोलाबाट पानी ल्याउन आधाघण्टा लाग्थ्यो । बर्सातमा झनै धमिलो पानी हुँदा गाउँले काकाकुल भएर बस्थे । ‘एक घण्टा धमिलो पानी बालुवा थिग्रिएपछि पिउँथ्यौँ । प्यास मेटाउन लागि पनि पर्खिनुपर्थ्यो,’ उनले भनिन्  ।

घरमा शुद्ध पिउने पानी आएपछि समय बचत भएको देवीसरा वादीले जानकारी दिइन् । ‘बचत भएको समय हामीले सरसफाइ र तरकारीखेतीमा बिताउने गरेका छौँ’, उनले भनिन्, ‘शौचालय नहुँदा झाडी, जङ्गलमा खुल्ला दिसापिसाब गर्नुपर्ने बाध्यता थियो । अब त पानी पनि पायौँ । शौचालय पनि बने, चिन्ता केही छैन ।’

पाँच किलोमिटर टाढा भुवापानी मुहानबाट ल्याइएको खानेपानीबाट मन्दिर, बजार र नमूना बस्ती गरी एक सय १० वटा धारा निर्माण गरिएको प्राविधिक जयबहादुर विष्टले बताए । दुल्लु नगरपालिका र गैरसरकारी संस्थाको साझेदारीमा७० लाख  रुपैयाँ लगानीमा धारा र शौचालय निर्माण गरिएको हो ।

शुद्ध पिउने पानी पाए पनि मजदुरी गरेर जहान परिवार पाल्दै आएका वादी समुदाय अधिकांश बेरोजगार छन् । बालुवा निकाल्ने खोलामा क्रसर उद्योग सञ्चालनपछि आफूहरूलाई बेरोजगारी भएको उनीहरूको गुनासो छ ।

पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री स्वरोजगार सञ्चालन भए पनि जानकारी नपाउने गरेको वसन्ता वादीले दुखेसो पोखिन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : ०७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार