कृषकलाई आलुको बीउ अनुदानमा वितरण « Khabarhub

कृषकलाई आलुको बीउ अनुदानमा वितरण


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले महानगरभित्रका कृषकलाई २९ हजार ५० किलो आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।

विभिन्न कृषक समूहको मागका आधारमा आलुको बीउ वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमुल, बेलबुटेलगायत स्थानमा पर्याप्तमात्रामा आलुखेती गरिन्छ ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए ।

अघिल्लो वर्ष पोखरामा २५ हजार मेट्रिकटन आलु उत्पादन भएको थियो ।

उनका अनुसार पोखरामा आलुखेती चार सय रोपनी क्षेत्रमा विस्तार गर्ने गरी २९ हजार ५० किलोग्राम बीउ ५० प्रतिशत अनुदानमा दुई सय ५० कृषि फर्म, समूह तथा सहकारीलाई वितरण गरिएको हो ।

आलुको बीउको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरी ५० प्रतिशत अनुदानका लागि महानगरपालिकाले १० लाख १६ हजार सात सय ५० रुपैयाँ लगानी गरेको छ ।

आलुको बीउ उत्पादनका लागि अघिल्लो वर्ष पोखराका कृषकलाई अनुदान सहयोग गरिएकामा तिनै कृषकबाट यस वर्ष अनुदानमा वितरण गर्ने बीउ खरिद गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ५ : १७ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा