सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति « Khabarhub

सुमन सायमीसहित पक्राउ परेपछि राजेन्द्र महतोको आपत्ति


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगठित राष्ट्रिय मुक्ति पार्टीका नेता सुमन सायमी पक्राउ परेका छन् । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजकसमेत रहेका सायमीलाई शुक्रबार प्रहरीले रवीन्द्रकुमार श्रेष्ठ र दिपेन पन्तसँगै शुक्रबार गौशालाबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिकाले गौशालामा घरहरू भत्काउँदा अवरोध गरेपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले नेता सायमीलगायतलाई गरिएको पक्राउको विरोध गरेको छ ।

अध्यक्ष महतोले विज्ञप्ति जारी गरेर शान्तिपूर्ण रूपमा प्रतिरोधका क्रममा गिरफ्तार गरिएकाहरूलाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । उनले आफूहरू  विधिको शासन र नागरिक अधिकारको संरक्षणको पक्षमा दृढतापूर्वक उभिने पनि स्पष्ट पारेका छन् ।

‘काठमाडौं महानगरपालिकाले विधिको शासनलाई बेवास्ता गर्दै गैरन्यायिक रूपमा यस्ता हस्तक्षेप गर्नु खेदजनक र अस्वीकार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कानूनी प्रक्रियालाई मिचेर गुण्डागर्दी शैलीमा तोडफोड गर्ने प्रयासप्रति हाम्रो घोर आपत्ति र भर्त्सना छ ।’

सर्वोच्च अदालतमा पुनरावलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाँकी रहेको अवस्थामा महानगरपालिकाको कार्यक्षेत्र भित्र नपर्ने र महानगरपालिकाले नै निर्माण स्वीकृति तथा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गरिसकेको गौशालाका घरहरूमा डोजर चलाउने प्रयासलाई संविधान, ऐन तथा कानूनको ठाडो उल्लंघनका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ११ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण