इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँ: अध्यक्ष दाहाल « Khabarhub

इमान्दारितापूर्वक आत्मसमीक्षा गर्दै अगाडि बढौँ: अध्यक्ष दाहाल


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्  । उनले भने, ‘इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन ।’

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उनको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गरे ।

ठूलो सङ्घर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो ।

विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए ।

देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कति बेला के कति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको स्मरण गरे । जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ ।

पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक सङ्घको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान् कार्यकर्ताका रूपमा चिनेको स्मरण गरे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलगायतले अखिलेश्वरलाल दासको बौद्धिक व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : ०४ बजे

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट