कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह « Khabarhub

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०५१ मा कवाडी सङ्कलन केन्द्र आवासीय क्षेत्रबाहेकका स्थानमा मात्र सञ्चालन गर्नुपर्ने जानकारी दिएको छ ।

महानगरले चालू आर्थिक वर्ष २०८१/८२ देखि महानगरपालिका क्षेत्र भित्रका आवासीय केन्द्रमा दर्ता / नवीकरण नहुने र आवासीय क्षेत्र बाहेकमा मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरपालिका भित्रका सम्पूर्ण कवाडी व्यवसायीहरूलाई यसै सूचनाद्वारा जानकारी गराएको छ ।

साथै सम्पूर्ण वडा कार्यालयहरूले समेत सूचना बमोजिम आवश्यक कार्य गर्नु गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : २१ बजे

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)