कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह « Khabarhub

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह गरेको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिकाको आर्थिक ऐन, २०५१ मा कवाडी सङ्कलन केन्द्र आवासीय क्षेत्रबाहेकका स्थानमा मात्र सञ्चालन गर्नुपर्ने जानकारी दिएको छ ।

महानगरले चालू आर्थिक वर्ष २०८१/८२ देखि महानगरपालिका क्षेत्र भित्रका आवासीय केन्द्रमा दर्ता / नवीकरण नहुने र आवासीय क्षेत्र बाहेकमा मात्र दर्ता/नवीकरण हुने हुँदा सोही अनुसार आफ्नो कवाडी व्यवसाय सञ्चालन गर्न महानगरपालिका भित्रका सम्पूर्ण कवाडी व्यवसायीहरूलाई यसै सूचनाद्वारा जानकारी गराएको छ ।

साथै सम्पूर्ण वडा कार्यालयहरूले समेत सूचना बमोजिम आवश्यक कार्य गर्नु गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ६ : २१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार