काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै « Khabarhub

काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज प्लेअफको अन्तिम लडाइँ विराटनगर किंग्ससँग लड्दैछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको आजको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ६ : ४८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल