घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल « Khabarhub

घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल घरेलु भूमिमा एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ।

७६ प्रतिशत बल पोजिसनका बाबजुद निराश आर्सनलले तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई छोट्ट्याउने अवसर समेत गुमाएको छ। लिभरपुल पनि फलहामसँग २-२ गोलको बराबरीमै रोकिएको छ।

अन्य खेलमा न्यु क्याशलले लिसेस्टर सिटीलाई ४–० ले हरायो भने इप्सबिच टाउनले उल्भ्ससँगको खेलमा २–१ को सफलता पायो। नटिङघम फरेस्टले अस्टन भिल्ला माथि २–१ को सफलात पायो।

तालिकामा लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने चेल्सी ३१ अङ्कसहित दोस्रो तथा आर्सनल ३० अङ्कसहित तेस्रो स्थानमा छन्।

फरेस्ट २८ अङ्कसहित चौथो स्थानमा छ भने भिल्ला २५ अङ्कसहित पाँचौँ स्थानमा छ। फुलहाम २४ अङ्क सहित नवौँ स्थानमा छ। न्यु क्याशल २३ अङ्कसहित ११ औं स्थानमा छ।

लिसेस्टर १४ अङ्कसहित १६ औँ, उल्भ्स ९ अङ्क सहित १९ औँ तथा इप्स १२ अङ्कसहित १८ औं स्थानमा छन्।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार