घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल « Khabarhub

घरेलु मैदानमा एभर्टनसँग रोकियो आर्सनल


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल घरेलु भूमिमा एभरटनसँग गोलरहित बराबरीमा रोकिएको छ।

७६ प्रतिशत बल पोजिसनका बाबजुद निराश आर्सनलले तालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दुरीलाई छोट्ट्याउने अवसर समेत गुमाएको छ। लिभरपुल पनि फलहामसँग २-२ गोलको बराबरीमै रोकिएको छ।

अन्य खेलमा न्यु क्याशलले लिसेस्टर सिटीलाई ४–० ले हरायो भने इप्सबिच टाउनले उल्भ्ससँगको खेलमा २–१ को सफलता पायो। नटिङघम फरेस्टले अस्टन भिल्ला माथि २–१ को सफलात पायो।

तालिकामा लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने चेल्सी ३१ अङ्कसहित दोस्रो तथा आर्सनल ३० अङ्कसहित तेस्रो स्थानमा छन्।

फरेस्ट २८ अङ्कसहित चौथो स्थानमा छ भने भिल्ला २५ अङ्कसहित पाँचौँ स्थानमा छ। फुलहाम २४ अङ्क सहित नवौँ स्थानमा छ। न्यु क्याशल २३ अङ्कसहित ११ औं स्थानमा छ।

लिसेस्टर १४ अङ्कसहित १६ औँ, उल्भ्स ९ अङ्क सहित १९ औँ तथा इप्स १२ अङ्कसहित १८ औं स्थानमा छन्।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३८ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई