‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’ « Khabarhub

‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली कांग्रसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दाबी गर्दै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित थिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ५४ बजे

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल