‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’ « Khabarhub

‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली कांग्रसलाई स्थापनाकालदेखि यसको साङ्गठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दाबी गर्दै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित थिए ।

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ५४ बजे

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि