बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार « Khabarhub

बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ। शनिबार राति भएको खेलमा मेन्जले म्युनिखलाई २-१ ले हरायो। सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा उठाउँदै दक्षिण कोरियाली स्ट्राइकर ली जाय सुङले मेन्जलाई अग्रता दिलाएका थिए।

६० औं मिनेटमा सङले नै अर्को गोल थपे। खेल सकिन तीन मिनेट बाँकी रहँदा लियोरे सानले म्युनिखका लागि गोल गरे।

बुन्डेसलिगका शनिबार भएका अन्य खेलमा वायर लिभरकुसेनले अग्सबर्गलाई २-० ले हरायो। बोरुसिया मोन्चेनग्लेडब्याकले होल्टलकेइललाई ४-१ ले, वेरडर ब्रेमनले सेन्ट पाउलीलाई २-० ले हराए। युनियन बर्लिन र बोकुमबिचको खेल १-१ को बराबरीमा सकियो।

तालिकामा म्युनिखको ३३ तथा दोस्रो स्थानमा रहेको लिभरकुसेनले २९ अङ्क छ। एक खेल कम खेलेको फ्रान्क फर्टको २७ अङ्क छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : २५ बजे

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक