१० औं ओभरको समाप्तिमा विराटनगरले ६१ रन बनाउँदा चार विकेट गुमायो « Khabarhub

१० औं ओभरको समाप्तिमा विराटनगरले ६१ रन बनाउँदा चार विकेट गुमायो


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले १० औं ओभरको समाप्तिमा चार विकेट गुमाएको छ।

१० औं ओभरको समाप्तिमा चार विकेट गुमाएको विराटनगरले ६१ रन बनाएर खेलिरहेको छ।

काठमाडौं गुर्खाजसँगको खेलमा विराटनगरले लोकेश बम, निकोलस किर्टन, दीपक बोहोरा र स्कट एडवर्ड्सलाई गुमाएको हो।

नौ बल खेलेका लोकेश ८ रन बनाएर आउट भएका हुन्। उनलाई काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे। दोस्रो विकेटका रुपमा किर्टन १० बलमा १२ रन बनाएर रन आउट भएका हुन्। तेस्रो विकेटका रुपमा दीपक बोहोरा २४ बलमा २० रन बनाएर आउट भए। उनलाई काठमाडौंका दिपेश कँडेलले आउट गरे।

चौथो विकेटको रुपमा नौ ओभरको दोस्रो बलमा १४ बलमा १५ रन बनाएर खेलिरहेका स्कट एडवर्ड्सलाई गेर्हार्ड इरास्मसले आउट गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि भने आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ।

विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ९ : ५८ बजे

नेपाली कम्युनिस्ट र नेकपाबीच एकता, १० बुँदे सहमतिपत्रमा हस्ताक्षर 

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष

संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब, आङदेम्बेले भेटे सभामुख

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

तस्बिरमा हेर्नहोस् : जनकपुरको बलिङ, विराटनगरको ब्याटिङ

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आन्द्रे, लोकेश र इम्रानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ – विरानटगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको