१५ औं ओभरको समाप्तिमा विराटनगरले आठ विकेट गुमायो : सन्दीप शून्यमा आउट « Khabarhub

१५ औं ओभरको समाप्तिमा विराटनगरले आठ विकेट गुमायो : सन्दीप शून्यमा आउट


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगरले १५ औं ओभरको समाप्तिमा आठ विकेट गुमाएको छ। १५ औं ओभरको समाप्तिमा सात विकेट गुमाएको विराटनगरले ९० रन बनाएर खेलिरहेको छ।

विराटनगरका लागि नौ बल खेलेका लोकेश बल ८ रन बनाएर आउट भए। उनलाई पहिलो विकेटका रुपमा काठमाडौंका डेन डउथवेटले एलबिडब्लु आउट गरे। दोस्रो विकेटका रुपमा निकोलस किर्टन १० बलमा १२ रन बनाएर रनमा आउट भएका हुन्। तेस्रो विकेटका रुपमा दीपक बोहोरा २४ बलमा २० रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा नौ ओभरको दोस्रो बलमा १४ बलमा १५ रन बनाएर खेलिरहेका स्कट एडवर्ड्सलाई गेर्हार्ड इरास्मसले आउट गरे।

पाँचौ विकेटका रुमा बसिर अहमदलाई १३ रन बनाउँदा गुमाएको विराटनगरले छैटौं विकेटका रुपमा इस्मत आलमलाई पाँच रन बनाउँदा गुमायो। सातौं विकेटका रुपमा क्रिस सोल एक रन बनाएर आउट हुँद आठौं विकेटका रुपमा सन्दीप लामिछाने शून्यमा आउट भए।

काठमाडौंका लागि गेर्हार्ड इरास्मसले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए। उसका लागि डेन डउथवेट र शाहब आलमले एकएक विकेट हात पारे।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान काठमाडौंका कप्तान करण केसीले टस जितेर विराटनगरलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमाडौंको लागि भने आज फराकिलो अन्तरको जित र अन्य खेलको नतिजाले सम्भावना जीवितै छ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो।

६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको काठमाडौंका लागि आजको खेल प्लेअफ दौडका लागि विशेष बन्नसक्छ। ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ। विराटनगर भने अन्तिम खेलमा जितसहित प्रतियोगिताबाट बिदा हुन चाहन्छ। चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार ब्यहोरेको छ।

प्रतियोगितामा दुई हार चाखेको जनकपुर १० अंकसहित शीर्ष स्थानमा छ। सुदूरपश्चिम, चितवन र कर्णालीको समान आठ अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो स्थानमा छ। चितवन तेस्रो स्थानमा हुँदा कर्णाली चौथो स्थानमा छ।

एनपीएल अन्तर्गत आइतबार दिउँसो भने पोखरा र सुदूरपश्चिम भिड्दैछन्। यो खेल देउँसो १ बजे सुरु हुनेछ। प्लेअफ दौडबाट बाहिरिएको पोखराको अन्तिम खेल हो भने सुदूरपश्चिमले अर्को खेल कर्णालीसँग खेल्न बाँकी नै छ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : १८ बजे

युक्रेनमा रूसी आक्रमण तीन जनाको मृत्यु, २४ घाइते

एजेन्सी– युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल, युद्ध रणनीतिमा सुधारको संकेत

एजेन्सी– रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य

गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं– सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा

बीपीकै नाममा रोपियो कांग्रेसमा फुटको बिउ : गगनलाई गाली गर्दै इतर पक्षीय नेताहरूले उठाए नयाँ पार्टीको बहस

काठमाडौं- जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसभित्रको आन्तरिक

राजस्व कार्यालय जनकपुर : छ अर्ब छ करोड ७८ लाख राजस्व संकलन

जनकपुरधाम– बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम,