पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष « Khabarhub

पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघकाे ६९ वर्षको इतिहासमा नेपाल पत्रकार महासंघले पहिलो पटक महिला अध्यक्ष पाएको छ । अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट निर्मला शर्मा विजयी भएकी छिन् । उनी यस अगाडिको निर्वाचनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी थिइन् । तर तत्कालीन गठबन्धनबाट प्रेस युनियनका विपुल पोख्रेलले जितेका थिए ।

यो पटक शर्माले प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट उठेका रमेश विष्टलाई १२ सय भन्दा बढी मतान्तरले पराजित गरेकी हुन् । यसको पूर्ण जनकारी दिउँसो १ बजेपछि जानकारी गराइने बताइएको छ ।

आधिकारिक घोषणा नभए पनि निर्मलाको जित सुनिश्चित भएको निर्वाचन आयोगका सदस्यको भनाइ छ । यस्तै, उनको प्यानलबाट अन्य पदाधिकारी पनि विजयी भएको बताइएको छ । तर कोषाध्यक्षमा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र कांग्रेसको विद्रोही प्यानलबाट रामकृष्ण अधिकारी विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा निर्मला शर्माको प्यानलबाट दीपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, समावेशी उपाध्यक्षमा उमेदप्रसाद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । यस्तै, सचिवहरू र लेखा समिति संयोजक के.सी. लामिछाने पनि निर्मला प्यानलबाट नै विजयी भएका छन् ।

गत शुक्रबार सबै जिल्ला र प्रदेशहरूमा एक साथ निर्वाचन भएको थियो । प्रदेशगत रुपमा र जिल्लागत रुपमा पनि निर्मला समूहका उम्मेदवारहरु नै बढी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार