विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित « Khabarhub

एनपीएल क्रिकेट

विराटनगरविरुद्ध काठमाडौंको रोमाञ्चक जित


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले रोमाञ्चक जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई १ विकेटले हराउँदै काठमाडौंले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ ।

विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर पूरा गर्‍याे ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रनको योगदान दिए । यस्तै, शंकर राना १६, राशिद खानले १४, जेहार्ड एरास्मसे १२, दिपेश कँडेल ११ तथा माइकल लेभिटले १० रन जोडे ।

विराटनगरका लागि सन्दीप लामिछानेले तीन तथा अनिल खरेल, क्रिस सोल र बसिर अहमदले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा १ बल छँदा १ सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रनको योगदान दिए । यस्तै, दिपक बोहोराले २०, स्कट एडवार्डस १५, बसिर अहमदे १३ तथा निकोलस किर्तन ले १२ रन बनाए ।

काठमाडौंका लागि जेहार्ड एरास्मसले तीन, दिपेश कँडेलले दुई तथा डान डाउथवेट, करण केसी र शाहब आलमले एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ३० बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले