आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी | Khabarhub Khabarhub

आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु, सुसाइड नोटमा मागेकी थिइन् पतिसँग माफी


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेकी कमला आचार्यको आइतबार मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ किरातचोकमा बस्दै आएकी ३८ वर्षीया उनले शनिबार आफैंलाई आगो लगाई आत्मदाह प्रयास गरेकी थिइन् ।

बागमती किनारमा पेट्रोल खन्याएर आगो लगाएकी उनको उपचारका क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आत्मदाह प्रयासअगाडि लेखेको ‘सुसाइड नोट’ पनि भेटिएको बौद्ध बृत्तका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी बसोबास भएर काठमाडौंमा ब्यापार गर्दै आएकी उनले ‘सुसाइड नोट’मा आफ्नै कारणले घटना भएको कुरा उनले खुलाएकी छन् ।

बा३५प ५८१८ नम्बरको स्कुटरमा बागमती किनारमा पुगेकी उनले आत्मदाह गर्नुअघि लेखेको ‘सुसाइड नोट’मा श्रीमानसँग माफी मागेको पनि भेटिएको छ।

आफ्नो अवस्थाबारे श्रीमानलाई जानकारी दिन भन्दै उनले उक्त सुसाइड नोटमा श्रीमानको नम्बर पनि लेखिदिएको भेटिएको छ ।

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उनले लेखेकी छन् ।

‘मेरा कारण श्रीमान् र छोराले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्नँ । श्रीमान् र छोराहरू खुसीसाथ बस्नु’, ‍उनले लेखेकी छन् ।

आचार्य दम्पतीले कागेश्वरी मनोहरा नगरपालिका–७ मा ‘के एन्ड ए स्टेशनरी’ चलाइरहेका थिए।

शनिबार दिउँसो १२ बजे पेट्रोल छर्केर आगो लगाएकी ती महिला र उनका श्रीमान्‌बीच बिहान सवा ११ बजेसम्म च्याटमा कुराकानी भएको प्रहरीले भेट्टाएको छ । यी दम्पतीका १३ र ३ वर्षीय छोरा छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : २२ बजे

सभामुख घिमिरे दलका प्रमुख र मुख्य सचेतकसँग छलफलमा

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

काठमाडौं– अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला

नेपाल–चीन सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त अनुगमन

हुम्ला– नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त