सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य « Khabarhub

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयलस्ले पोखरा एभेजन्र्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

सुदूरपश्चिमको आजको खेलको सर्वाधिक स्कोर गरेका आरिफ शेख अर्धशतक पूरा गर्न ८ रनले चुके । ३८ बलको सामना गर्दा उनले २ चौका र १ छक्काको सहयोगमा अविजित ४२ रन जोडे ।

सुदूरपश्चिमका दुवै ओपनर सैफ जाइब र बिनोद भण्डारीको ब्याटिङ चल्न सकेन । सैफले दोहोरो रन बनाउन सकेनन् । ८ बल खेलेर उनी ९ रनमै पवेलियन फर्किए । बिनोद १६ बल खर्चेर १४ रनमा बाहिरिए ।

१६ बल खेलेका ब्रान्डन म्यामुल्लेनले १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । हर्मीत सिंहले १० बलको सामना गर्दा १० रन जोडे ।

कप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले पोखराका सागर ढकालको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । उनले १६ बलमा २० रन जोडे ।

११ बल समाना गर्दा इशान पाण्डेले रिटार्यमेन्ट आउट लिएर पवेलियन फर्किए ।

स्कट कुग्गेलिजनले दोहारो रन बनाउन सकेनन् । ३ बल खर्चेर २ रन जोडे । ३ बल मात्रै समाना गर्न पाएका नरेश बूढाऐरले अविजित ६ रन जोडे ।

बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए । रेमन रिफर, सागर ढकाल र माइकल लिस्कले समान १-१ विकेट लिए ।

तस्बिरहरू : चिरायु शाक्य

 

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ३८ बजे

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो

वित्तीय समावेशीकरण सूचकाङ्कमा सुधार

काठमाडौं– नेपालमा वित्तीय सेवामा पहुँच, प्रयोग र गुणस्तरमा उल्लेखनीय सुधार