एमालेको कार्यशालामा चीनको प्रशंसा, ओलीले भने- ९ करोड सदस्यले नेतृत्वको कुरा काट्दैनन् | Khabarhub Khabarhub

एमालेको कार्यशालामा चीनको प्रशंसा, ओलीले भने- ९ करोड सदस्यले नेतृत्वको कुरा काट्दैनन्


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उत्तरी छिमेकी चीनको प्रशंसामा लामो समय खर्चिएका छन् ।

‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालालाई आइतबार पार्टी मुख्यालय च्यासलबाट सम्बोधनका क्रममा उनले चीनको प्रशंसामा समय खर्चिएका हुन् ।

ओलीले चीनको विकास मोडेलको प्रशंसा गर्दै त्यहाँको नेतृत्वको वरिपरि पार्टी सदस्य एकताबद्धसहित गोलवद्ध भएको उल्लेख गरे ।

उनले पार्टी नेतृत्वसँग सबै नेता कार्यकर्ता गोलबन्द भएकै कारण विकास र समृद्धि सम्भव भएको पनि बताए ।

उनले कम्युनिष्टले मात्रै समाजवादको नेतृत्व गर्नसक्ने दाबी गर्दै चीनको विकासको यात्राको प्रशंसा गरेका हुन् ।

उनले देश बनाउन कम्युनिष्ट पार्टी चाहिने पनि तर्क गरेका छन् । ‘देश बनाउन किन कम्युनिष्ट पार्टी नै चाहिन्छ ? समाजवादी नै चाहिन्छ ? नामको समाजवादी होइन, तपाईंहरूले एस, उस सम्झिनुभएको होला । त्यस्तो एस, उस होइन । समाजवादी भनेको जनतावादी, परिवर्तनवादी, अधिकारवादी हो’, उनले भने, ‘यस्तो काम कम्युनिष्ट पार्टीले मात्रै गर्न सक्छ। अहिलेसम्म विश्वका शक्तिशाली देशले गरिवी निवारण गर्न सकेका छैनन् । सयौँ वर्षदेखि समृद्धि हाँसिल गरेर विकसितका रूपमा कहलिएका देशले एक हिस्सा जनताको अवस्था गरिवीबाट माथि उठाउन सकेका छैनन् । भिख मग्गा बनाएर छोडिदिएको छ । भोकै मनुपर्ने स्थितिमा छोडिदिएको छ ।’

उनले यही पृष्ठभूमिमा चीनले ठूलो प्रगति गरेको ब्याख्या गरे । ‘तर, एउटा के देखिन्छ भने कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले चीनले केही पनि नभएका ठाउँबाट (केही पनि थिएन) त्यस्तो ठाउँबाट राज्य सत्तालाई हरेक ठाउँमा सुप्रिमेसी हाँसिल गर्दै श्रेष्ठता हाँसिल गर्दै, प्रतिष्पर्धा गर्दै अघि बढेको देखियो’, उनले भने ।

उनले त्यस क्रममा उनले चीनको आर्थिक प्रगतिको पनि प्रशंसा गरे । ‘आज चीन विश्वमै आर्थिक रुपमा महाशक्तिको रुपमा उदाएको छ । विज्ञान र प्रविधिको प्रयोग र विकासको सन्दर्भमा आफ्नो ढगले अघि बढेको छ र श्रेष्ठता हाँसिल गरेको छ । राजनीतिक स्थिरता र स्थायित्व अत्यन्तै सुन्दर ढंगले, त्यत्रो जनसंख्या, राजनीतिक स्थिरता र स्थायित्व एवम् दमनबाट होईन जनताको चित्त बुझाएर, कम्युनिष्ट पार्टीले जनतालाई सेवा गरेर त्यो प्रवृत्ति छ त्यहाँ’, उनले भने, ‘पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ । विरोधीका आक्रमण र हमलालाई कसरी पराजित गर्ने, त्यो तरिका अवलम्बन गर्ने । अनुशासित र एकताबद्ध भएर चल्ने गरिएको छ ।’

सीपीसीका ९ करोडभन्दा बढी पार्टी सदस्य रहेका पनि उनले उल्लेख गरे । ‘हाम्रो देशको जनसंख्या जति छ, त्योभन्दा तीन गुणाभन्दा बढी चीनका पार्टी सदस्य छन्’, उनले भने, ‘त्यत्रो पार्टी सदस्यता छ, एकजनाको ओपिनिएन (विचार) फरक आउँदैन। नेतृत्वको वरिपरि सबै गोलबद्ध छन् ।’

उनले आफूलाई जे लाग्यो त्यही सही भनेर हिँडिए त्यसले पार्टीमा एकतालाई ध्वस्त बनाउने चे‍तावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ५७ बजे

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक