पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स « Khabarhub

पोखरालाई हराउँदै प्ले अफमा पुग्यो सुदूरपश्चिम रोयल्स


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार भएको भिडन्तमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने तेस्रो टोली भएको छ ।

समूह चरणका ६ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।

सुदूरबाट मिलेको १५४ रनको चुनौती पछ्याएको पोखरा १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।

सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् । आइतबारकै पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले हराएको काठमाडौं गुर्खाजसँग समान ८ अंक हुँदा पनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा पुगिसकेको छ ।

सुदूरपश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो र अन्तिम टोलीको टुंगो लाग्ने छ

सुदूरपश्चिम विजयी हुँदा शीर्ष स्थानमा रहँदै जनकपुरसँग इलिमिनेटर खेल्नुपर्नेछ।

सुदूर हारेमा रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष २ का टोलीले इलिमिटेरमा भिड्नेछन् ।

सोमबार कर्णालीले जिते काठमाडौं लिग चरणबाटै बिदा हुनेछ । सुदूरले जितेमा रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफ यात्रा तय गर्नेछन् ।

आइतबार सुदूरविरुद्धको खेलमा पनि पोखराका क्याप्टेन कुशल भुर्तेल शुन्यमै बाहिरिँदै फ्लप सावित भए । पोखराका लागि एन्ड्रिज ओउसले ३६ रनको योगदान दिए ।

उता रेइमन रेइफरले ३३ र किरन ठगुन्नाले ३२ रन बनाए । सुदूरलाई जिताउने क्रममा स्कट कुग्गेलिनले ३.४ ओभर बलिङ गर्दै ५ विकेट झारे। हरमित सिंहले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । आरिस शेखले नटआउट ४२ र ब्रेण्डोन म्याकमुलेनले २३ रन बनाए । क्याप्टेन दीपेन्द्र सिंह ऐरीले पनि २० रनको योगदान गरे ।

पराजित पोखराका लागि क्याप्टेन कुशल भुर्तेलले २ विकेट लिए । रेइमन रेफर, सागर ढकाल र मिचेल लिस्कले एक-एक विकेट लिए ।

यस जितपछि सुदूरपश्चिम ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ। पराजित पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिताबाट बिदा भएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा छ । चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजले ८/८ अंक बनाएका छन् ।

तस्बिरहरू : चिरायु शाक्य

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : २१ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको