दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण : बाइडेन « Khabarhub

दक्षिण कोरियासँगको गठबन्धन क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण : बाइडेन


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री हान डक सोसँग शनिबार भएको टेलिफोन वार्तामा दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

दक्षिण कोरियाली नेता युन सुक योलविरूद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हानसँग समसामयिक विषयमा भएको कुराकानीका क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने अमेरिकी राष्ट्रपति बाइडेनले बताएका हुन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बाइडेनले गणतन्त्र कोरियामा लोकतन्त्र र विधिको शासनको लचिलोपनको लागि आफ्नो प्रशंसा व्यक्त गर्नुभयो र गणतन्त्र कोरियाका जनताप्रति संयुक्त राज्य अमेरिकाको कसिलो सहयोगको प्रतिबद्धतालाई दोहोर्‍याउनुभयो ।’

दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए । महाभयोग प्रस्ताव पारित भएपछि पदच्युत भएका पिपुल्स पावर पार्टी (पिपिपी) नेता युनको ‘मार्शल ल’ लागु गर्ने निर्णय (यद्यपि, यो निर्णय केही घण्टामा नै फिर्ता लिइएको थियो) ले दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक उथलपुथलमा फसेको थियो।

एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन् ।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि उनलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्ने छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ४४ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।