विराटनगर, पोखरा र लुम्बिनी घरतिर, काठमाडौंलाई झिनो आश « Khabarhub

एनपीएल

विराटनगर, पोखरा र लुम्बिनी घरतिर, काठमाडौंलाई झिनो आश


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी ८ मध्ये ६ टीमले लिग चरणका सात खेल पूरा गरेका छन् ।

अब लिग चरणको १ खेल मात्रै बाँकी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सको प्रतिस्पर्धापछि लिग चरणको खेल सकिन्छ ।

अहिलेको अवस्थामा लुम्बिनी लायन्स, विराटनगर बोल्ट्स र पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिइसकेका छन् ।

लिग चरणको खेलमा लुम्बिनी १, पोखरा र विराटनगरले समान २–२ जित निकाले ।

तस्बिर : चिरायु शाक्य

प्लेअफमा को को ? 

६ खेल मात्रै खेलेको सुदूरपश्चिम अंक १० सहित तालिकाको शीर्ष स्थानमा छ । यस टीमले एक खेलअगावै प्लेअपको खेलमा स्थान बनाएको छ । लिग चरणको ६ खेलमा सुदूरपश्चिमले चितवन राइनोजसँग मात्रै हारेको छ ।

७ खेल खलेर अंक १० सहित तालिकाको दोस्रो स्थानमा सुदूरपश्चिम छ । जनकपुरले दुई खेल चितवन र सुदूरपश्चिसँग हारेको छ ।

८ अंकसहित तालिकाको तेस्रो स्थानमा चितवन राइनोज छ । चितवनले लिग चरणका ३ खेल हारेको छ । विराटनगर, लुम्बिनी र कर्णालीसँग चितवनले हारेको हो ।

तालिकाको शीर्ष तीनका यी टोलीले प्लेअफमा स्थान बनाइसकेका छन् ।

काठमाडौंको झिनो सम्भावना

तालिकाको शीर्ष चारमा परेका टिमले प्लेअफका खेलमा स्थान बनाउँछन् ।

अब काठमाडौं गुर्खाज र कर्णाली प्लेअफको दौडबाट बाहिरिने एक टिम हुनेछन् । यी दुवैको अंक ८ छ ।

तालिकाको चौथो स्थानमा रहेको कर्णालीले लिग चरणको १ खेल्न बाँकी छ । काठमाडौं गुर्खाजले लिग चरणको सबै खेल खेलेर तालिकाको पाँचौ स्थानमा छ ।

सुदूरपश्चिमविरुद्ध जित निकालेको अवस्थामा १० अंक जोड्दै कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।

काठमाडौंको प्लेअफमा पर्ने सम्भावना कायमै छ । तर यो सम्भावनामा काठमाडौं अरु टोलीको नतिजामाथि निर्भर भएको छ ।

सुदूरपश्चिम र कर्णालीको नतिजाले काठमाडौं प्लेअफमा पुग्ने वा नपुग्ने निर्धारण हुन्छ ।

सोमबारको खेलमा सुदूरपश्चिमले कर्णालीलाई फराकिलो अन्तरले पराजित गरेमा काठमाडौंले प्लेअफमा स्थान बनाउन पाउँछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ५८ बजे

‘बिग बोस १९’ को उपाधि गौरव खन्नाको नाममा, जिते ५० लाख रुपैयाँ

काठमाडौं– चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १९’ को

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती– हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले

सरकारले नै देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गर्‍यो : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले नै देशलाई

भारतीय एक नाइटक्लबमा आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

एजेन्सी– भारतको गोवा स्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा