‘कार्साङ’को भूमिकाबारे जितु भन्छन्- हँसाउने तर गम्भीर चरित्र « Khabarhub

‘कार्साङ’को भूमिकाबारे जितु भन्छन्- हँसाउने तर गम्भीर चरित्र


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुस २६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’मा जितु नेपालमा जितु प्रमुख एक भूमिकामा छन् । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर र टिजरबाट जितुको चरित्रले प्रशंसा पाएको छ ।

टिजरअनुसार यसपटक जितुले भिन्न भूमिका निर्वाह गरेको थाहा पाउन सकिन्छ । विगतमा कमेडीमा देखिने उनी यस पटक पनि गम्भीर भूमिका देखिने टिजरबाट प्रष्ट हुन्छ । जितुले दलित समुदायको चरित्र निर्वाह गरेको बुझिएको छ ।

फिल्ममा दिया मास्के विवाहित जोडीको रुपमा छन् । जितु र दियाले बाँझोपनको समस्या भोगेको र एक अर्कालाई दोष दिइरहेको टिजरले खुलाउँछ ।

जितु ‘कार्साङ’मा आफूले विगतको भन्दा भिन्न चरित्र निर्वाह गरेको बताउँछन् । उनी भन्छन्, ‘मेरो चरित्रले दर्शकलाई हसाउँछ । तर, गम्भीरखालकै भूमिका छ ।’

पछिल्लो फिल्म ‘ज्वाइँ साब’का केन्द्रीय भूमिकामा देखिएका जितु ‘कार्साङ’ सहायक भूमिकामा रहेको बताइएको छ ।

केहीअगाडि निर्माण पक्षले जितुको चरित्र खुल्ने पोस्टर लगातर सार्वजनिक गरेकाले उनी नै फिल्मको केन्द्रीय भूमिकामा रहेको अड्कलबाजी सुरु भएको थियो ।

शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको यस फिल्ममा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यस फिल्ममा यम शेर्पाको डेब्यू लेखन तथा निर्देशन छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्मात र छायाँकार पुरुषोत्तम प्रधान स्वयम् हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ८ : ०६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल