रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम | Khabarhub Khabarhub

रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला प्रथम


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ ।

काठमाडौँको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो । पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन् । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय हुनुभएको आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।

उनीहरुले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए ।

यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएका छन् । उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको महासचिव सत्य थापाले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएकोे छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४२ बजे

वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय देशभरमा दोस्रो

फिक्कल – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा

बहसमा सम्बन्धविच्छेद : समाचारको विषय कि निजत्वमाथि आक्रमण ?

काठमाडौं – अहिलेहाल चर्चित एक गायिकाको मंगलबार सम्बन्धविच्छेद भयो ।

गण्डकी प्रदेशसभा बैठक बस्दै, दलका नेताहरूले सम्बाेधन गर्ने

पोखरा– गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार बस्ने भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार

महोत्तरी– मधेस प्रदेश सरकारले विद्यालय शिक्षकको अभाव सम्बोधन गर्न प्रदेश