तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न « Khabarhub

तेस्रो राष्ट्रिय फ्री-स्टाइल रोल्लर स्केट प्रतियोगिता सम्पन्न


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको तेस्रो राष्ट्रिय फ्रीस्टाइल रोल्लर स्केट प्रतियोगिताका विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

आइतबार सम्पन्न दुई दिने पुरुष र महिलातर्फका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नगद पुरस्कार र मेडल प्रदान गरे ।

उक्त अवसरमा नेपाल क्लाइम्बिङ संघका केन्द्रीय अध्यक्ष रमेश पौडेल लगायत उपस्थित थिए ।

फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप वार्षिक रुपमा आयोजना हुँदै आएको छ । यसपटक महिलातर्फ निर्जला श्रेष्ठ पहिलो, सन्ध्या मगर दोस्रो र निमिषा तामाङ भए । १५० महिलाबाट छनोट भएका १० जनाले तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिप भाग लिए ।

पुरुषतर्फको खेलमा राजन मग्राती पहिलो, सोहन गुरुङ दोस्रो र रोहन कुँवर तेस्रो भए । यस्तै पुरुषतर्फबाट तेस्रो राष्ट्रिय फ्री स्टाइल रोल्लर स्केट च्याम्पियनसिपमा २५० जना छनोट चरणमा सहभागी थिए । तीमध्ये ४० जनाले प्रतिस्पर्धा गरेको आयोजक संघका केन्द्रीय महासचिव सत्य थापाले बताए ।

काठमाडौंको गल्फुटार भएको प्रतियोगितामा प्रथम हुनेले १५ हजार, द्वितीयले १० हजार र तृतीयले पाँच हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए ।

विजेतालाई दक्षिण कोरियामा जुनमा हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने संघका अध्यक्ष अच्युत खनालले बताए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको