कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की « Khabarhub

कोशी टप्पुको संवर्द्धन र प्रवर्द्धन सबै सक्रिय हुन आवश्यकः पूर्वमन्त्री कार्की


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी । पूर्वसूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोशी टप्पु वन्यजन्तु आरक्षको संरक्षण र प्रवर्द्धनमा सबै सक्रिय रहनुपर्ने बताएका छन् ।

आज कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको हात्तीको सफारी गर्दै उनले कोशी टप्पुलाई उत्कृष्ट पर्यटकीयस्थलका रूपमा निर्माण गर्नुपर्नेमा जोड दिए ।

“पूर्वको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा रहेको कोशी टप्पुको विकास र विस्तारमा मेरो ध्यान सधैँ गइरहेको छ । यस क्षेत्रको विकास र विस्तारसँगै आर्थिक, समाजिक फाइदा हुने भएकाले त्यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक छ”, प्रतिनिधिसभा सदस्य कार्कीले भने ।

पूर्वमन्त्री कार्कीसँगै कोशी प्रदेशका पर्यटन वन तथा वतावरणमन्त्री सदानन्द मण्डलसमेत उनी सहभागी भएका थिए । दुवैजनाले आरक्षमा रहेको हात्तीमा सफारी गर्दै आरक्षभित्रका विभिन्न ठाउँको अवलोकन तथा भ्रमणसमेत गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : १५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका