‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : नेपाल « Khabarhub

‘समाजवाद ल्याउन कम्युनिष्टबीच एकता आवश्यक’ : नेपाल


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता र सहकार्यमा जोड दिएका छन्‌ ।

अक्टोबर क्रान्ति डेका अवसरमा नेकपा एकीकृत समाजवादीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टबीचको एकता र सहकार्यले मात्रै नयाँ समाज निर्माण गर्न र मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताएका हुन्‌ ।

नेपाललाई कम्युनिष्टहरूको उर्वर भूमिका रूपमा लिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै अघि बढिरहेको पनि दाबी गरे ।

नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास गरेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : ५४ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच