उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार « Khabarhub

उपनिर्वाचन : जसपा नेपालबाट दुई जना तेस्रोलिङ्गी उम्मेदवार


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको उपनिर्वाचनमा दुईजना तेस्रो लिङ्गीलाई उम्मेदवार बनाउने भएको छ ।

सो पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखमा हनि महर्जन र वडा नम्बर ४ को वडाध्यक्ष पदमा मौनी महर्जनलाई उम्मेनवार बनाउने निर्णय गरेको हो । यी दुबै प्रस्तावित उम्मेदवार तेस्रो लिङ्गी हुन्‌ ।

यी उम्मेदवारलाई जसपा नेपालले उम्मेदवारी दर्ताका लागि पार्टीको आधिकारिक पत्र प्रदान गरेको छ । हनि महर्जन तेस्रो लिङ्गी एवम्‌ कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हुन्‌ । मौनी महर्जन पनि सोही संस्थाका स्वयम्‌सेवक हुन्‌ ।

हनी स्थानीय टुरिस्ट गाइड पनि हुन्‌ । मौनी तेस्रो लिङ्गी मोडलको रूपमा परिचित छन्‌ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ०५ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण