राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विगतको स्मरण (तस्वीरहरु) | Khabarhub Khabarhub

राष्ट्रिय भूकम्प सुरक्षा दिवस : विगतको स्मरण (तस्वीरहरु)



काठमाडौँ– विक्रम संवत १९९० साल माघ २ गते विनाशकारी महाभूकम्प गएको थियो । ९० सालको भूकम्पका बारेमा हामीले हाम्रा जिजूबुवा–जिजूआमाबाट सुनेका कुराहरू पनि अहिले एकादेशको कथा जस्तै भइसकेको छ ।

९० सालको भूकम्पका बारेमा दोलखाको मैनापोखरी फेदीमा बसोबास गर्ने राजदौल खत्रीको अनुभव हामीले सँगालेर राखेका छौँ । अहिले उहाँ हुनुहुन्न । उहाँको २०७२ सालमै निधन भइसकेको छ । तर उहाँले हामीलाई सुनाउनु भएको अनुभव अझै ताजा छ । राजदौल ९० सालको भूकम्प जाँदा ९ वर्षकी हुनुहुन्थ्यो । दिउँसोको समय भूकम्प जाने बेला उहाँ बाख्रा चढाउन जंगलमा जानुभएको थियो ।

त्यसबेला जंगलका साना रुख पनि जरैसँग उखेलिएको उहाँको स्मरण थियो । घरहरू लडेर धुलोमात्र उडेको देख्दा एउटा ठूलो पिपलको बोटलाई अँगालो हालेर बसेको उहाँले अनुभव सुनाउनु भएको थियो ।

अन्य दिनको तुलनमा भूकम्प गएका दिन माघ २ गते धेरै चिसो र स्याँठ चलेको थियो । घर भत्किए पछि बारीको पाटामा बस्तुको गोठमा बसेको अनुभव पनि उहाँसँग थियो ।

यो भूकम्पका बारेमा अनुभव गरेका पुस्ता अब कमै होलान् । त्यति बेलादेखि ६०–७० वर्षको अन्तरालमा ठूला भूकम्प आउने क्रम नियम जस्तै भएको छ ।

९० साल भन्दा अगाडि पनि धेरै पटक भूकम्प गएका थिए । जसमा १२१८ साल असारमा करिब ७.७ रेक्टरस्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।  यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

त्यसै गरी अर्को वि सं १४६५ सालमा गएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौँ मन्दिर ढलेका थिए ।

त्यसपछि १७३७ साल असारमा गएको थियो । त्यसै पछि १८२४ सालमा एक दिनमा २१ पटक भूकम्पको धक्का महसुस गरिएको इतिहासविद्को भनाइ छ । त्यसपछि वि.सं. १८६७ जेठ १० र १८८० सालमा पनि भूकम्प गएको इतिहासमा पढ्न पाइन्छ ।

त्यसपछि गएको विनाशकारी भूकम्प हो ९० सालको । त्यसको ठ्याक्कै ३२ वर्ष पछि २०२३ सालमा पनि भूकम्प गएको थियो जुन भूकम्पमा ८० जनाको मृत्यु भएको थियो ।

यस्तै, २०४५ भदौ ५ गते पूर्वी नेपालको उदयपुरस्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करिब ७५० जना मानिसले ज्यान गुमाएका थिए भने ६ हजार ५०० भन्दा बढी घर भत्किएका थिए ।

त्यसपछि २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

२०७२ वैशाख १२ गते भूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको यो भूकम्पमा परी ८ हजार ५ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । यस भूकम्पमा धेरै सरकारी भवनहरूमा लगायत कम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

यसैगरी २०८० साल कार्तिक १७ गते शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यस भूकम्पमा पनि मानवीय क्षतिका साथै भौतिक संरचनामा पनि निकै क्षति भएको थियो ।

 

तस्वीर : रासस 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १० : १३ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ