मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई « Khabarhub

मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– घरघरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ ।

मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्‍याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।

मिथिला क्षेत्रका घरघरमा अहिले तील, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्‍याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो ।

विवाहित छोरी, दिदीबहिनी, फुपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा  छ । ‘पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ’, बर्दिबास– ९ पशुपतिनगरकी शैल महतो भन्छिन्, ‘यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।’

अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १२ : ४१ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल