थारु संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय « Khabarhub

थारु संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् । 

सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम-२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जगेर्ना गर्नमा जोड दिइएको छ । 

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारुको सम्मानार्थ गाउँपालिकाले थारु सङ्ग्रहालय निर्माण गर्ने बताए । 

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए। उनले भने,’थारु सङ्ग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिबद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पूरा गर्छु, ।’ 

नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको औंल्याए । थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताए । 

‘बहु सांस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उनले भने, ‘आजकै दिनदेखि हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौ, ।’ दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ गाउँका बड्घरद्वारा थारु मौलिक नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ०४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले