टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’ « Khabarhub

टुँडिखेलका घाइतेमध्ये १५ ‘डिस्चार्ज’


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरुबीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् । एकजनाको भने वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ ।

टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलगअलग कार्यक्रममा सर्वसाधारणको अत्यधिक भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका र उपचारपछि १५ जना घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।

भागदौडमा घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी र १६ वर्षीया अनिसा केसी छन् । 

यसैगरी, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिश्मा मगर रहेका उनले बताए । महोत्सवमा पस्ने र निस्कनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका थिए । 

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : २५ बजे

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ