माघको दोश्रो साता उदयपुर महोत्सव आयोजना हुने « Khabarhub

माघको दोश्रो साता उदयपुर महोत्सव आयोजना हुने


२ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक गतिविधिलाई थप चलायमानका लागि माघको दोश्रो साता उदयपुरमा उदयपुर महोत्सव आयोजना हुने भएको छ ।

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले मंगलबार उदयपुरमा पत्रकार सम्मेलन गर्दै माघ ११ गते बाट माघ २१ गते सम्म त्रियुगा नदी किनारमा महोत्सव संचालन हुने आयोजकले जनाएको हो ।

आर्थिक गतिविधिलाई थप चलायमान बनाउनुका साथै स्थानीय व्यवसायको प्रवर्द्धन र समग्र प्रतिस्पर्धात्मक व्यावसायिक वातावरणमा नेपाली उत्पादनहरूलाई पुनरुत्थान गर्न सहयोग गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष चुडामणी कार्कीले जानकारी दिए  ।

उनले एक्स्पो, महोत्सव, व्यापार मेला, प्रदर्शनी र चाडपर्वहरू नेपाली व्यवसायलाई अभिवृद्धि र प्रवर्द्धन गर्ने सबैभन्दा लोकप्रिय र प्रभावकारी उपकरण भएको समेत बताए ।

कोभिड–१९ पछि प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानमा सहयोग गर्नुपर्ने आवश्यकतालाई महसुस गरी ‘कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापार, उदयपुरको पहिचान र समृद्धिको आधार’ भन्ने मुल नाराका साथ उदयपुर एक्स्पो (उदयपुर महोत्सव) २०८० को आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  २ : ३१ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय